गण्डकीका १ सय ७८ जना खेलाडी पुरस्कृत

पाेखरा | असार ३०, २०८१

गण्डकीका १ सय ७८ जना खेलाडी पुरस्कृत

पोखरा:   गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ ।


प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ ।


खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, मन्त्रालयका सचिब प्रकाश पौडेल, सदस्य सचिब श्रीधर शर्मालगायतले पुरस्कृत तथा प्रशसापत्रले सम्मान गरेका थिए ।


सो अवसरमा बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले खेलाडीहरुलाई बधाई संगै शुभकामना व्यक्त गर्दै प्रदेश सरकार खेलकुद विकासका लागि लगानी बढाउन प्रतिवद्ध रहेको जनाएका छन् । आफ्नो सिमित स्रोतहरुको अधिकतम सदुपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले भने–“गण्डकी प्रदेश सरकार खेलकुदमा अधिकतम लगानी गर्दै खेलाडीहरुको जिवन शुनिश्चित गर्न प्रयासरत छ”, उनले थपे–“सरकारले युवावस्थाबाटै उत्प्रेरणा जगाउन धेरै कार्यक्रमहरु अघि सारेको छं, जसको अधिकतम सदुपयोग गर्दै खेलक्षेत्रको विकासमा अघि बढनु छ ।”


मुख्यमन्त्री पाण्डेले खेलकुद क्षेत्र बाट अझै पनि जिविकोपार्जन विषयमा प्रश्नहरु यथावत रहेको धारणा अघि सार्दै त्यसतर्फ वातावरण बनाउन समेत प्रदेश सरकार प्रयासरत रहेको बताउँदै गाँउ–गाँउबाट नै यूवा खेलाडी उत्पादन हुने मुल थलो भएकोले त्यसतर्फ पनि आफ्ना योजनाहरु अघि बढाउने उनले बताए । प्रदेश सरकारले मुस्ताङमा हाइ अल्टिच्यूड खेल मैदानको निर्माण कार्य अघि बढाएको जनाउँदै विभिन्न कल्याणकारी योजनामार्फत सरकार सदैव खेलाडीहरु संगै रहेको सन्देश पनि दिन चाहेको उल्लेख गरे ।


कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेश सरकार सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले खेलकुदबाट नै भविष्य छ भन्ने विषय अहिलेको प्राथमिकताको विषय रहेको उल्लेख गर्दै तीनतह बीचको सरकार खेलकुद विकासमा अघि बढेको बताए । खेलकुद अनुशासित क्षेत्र समेत भएकोले यसले सौहर्दता बढाउने संगै राष्ट्रको गरिमा समेत बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । सरकार खेलाडीहरुको मनोबल बढाउने संगै खेलक्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको मन्त्री थापाको भनाई थियो ।


सो अवसरमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिब प्रकाश पौडेल, परिषदका सदस्य सचिव श्रीधर शर्मालगायतले आफ्ना भनाई राखेका थिए ।


पुरस्कृत हुने खेलाडीहरु मध्ये व्यक्तिगत इभेन्टतर्फ स्वर्ण, रजत र काश्य पदक बिजेतालाई क्रमश नगद रु ७, ५ र ३ हजार तथा टिम गेम्सतर्फका लाई क्रमश नगद रु ५, ३ र २ हजारका दरले पुरस्कृत गरिएको थियो ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्